जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा हनुमान मन्दिर आश्रमका सिद्धबाबा कृष्णबहादुर गिरीलाई कानुनी धरातलबेगर धरौटीमा छाडेको भेटिएको छ ।
पीडितले किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो ।
साधनाका लागि आश्रममा बोलाएका गिरीले आफूलाई बलात्कार गरेको भनि एक महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
त्यही उजुरीमाथिको अनुसन्धानपछि प्रहरीले दायर गरेको मुद्दाको सुनुवाइपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्ने आदेश गरेको हो । तर आदेशका क्रममा लिइएका आधार र व्याख्याले न्यायाधीशलाई नै प्रश्नको घेरामा पारेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । यस्तै प्रहरीले समेत अनुसन्धानलाई कमजोर बनाएको पाइएको छ । कान्तिपुरमै युवतीलाई भारतमा लगेर बेच्ने युवकलाई पनि बाँके अदालतले १ लाख धरौटीमा छाडेको समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया