काठमाडौं- सरकारले यो वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरेको छ । ‘भिजिट नेपाल – २०२०’ को आज साँझ भव्य समारोहका बिच शुभारम्भ गरिएको हो । नेपाल भ्रमण वर्ष सफल पार्न केन्द्र, प्रदेश र स्थानीय तह एकजुट एक स्वर भएर लागेको छ । निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय गरेका छन् ।
‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने नाराका साथ नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिएकोमा दिनभर देशैभरी विभिन्न कार्यक्रम भयो । यसैबिच भ्रमण वर्षको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई सिंगारेर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आग्रह गरेकी छिन्।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गन्तव्यको विविधिकरण भएको उल्लेख गर्दै पर्यटकको खानपान र उपयोगका वस्तु देशभित्र उत्पादन गर्न सके आम्दानी पनि आम जनताको पहुँचमा पुर्याउन सक्ने बताईन् । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गर्दै ‘नेपाल प्रकृतिको अनुपम सिर्जना भएकोले यहाँका अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।’ भनेका छन् ।
हेरौँ आजको कार्यक्रमका केहि आकर्षणहरु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया