८ वर्षे युट्युबर, जसले २०१९ मा ३ अर्ब कमाए

एजेन्सी । मानिसहरु बिभिन्न अनौठो तरिकाबाट चर्चामा आउँछन् । चर्चाको लागि अनौठा तरिका अपनाउँछन् । त्यस्तै अनौठो कुरा अमेरिकी राज्य टेक्ससका एक आठ वर्षीय बालकको पनि छ ।

उनी अहिले चर्चाको शिखरमा छन्। धनाढ्यहरूको सूची प्रकाशन गर्ने फोर्ब्सले यी बालक युट्युबरले सन् २०१९ मा २ करोड ६० लाख डलर अर्थात् नेपाली करिब २ अर्ब ९६ करोड रुपैयाँ कमाएका छन् । उनलाई फोर्ब्सले सन् २०१९ मा सबैभन्दा बढी कमाउने युट्युबर घोषणा गरेको छ।

र्‍यानको युट्युब च्यानलको कमाइले गुआन परिवारले दुइवटा घर किनिसकेको छ भने धेरै सम्पत्ति जोडिसकेको छ।

र्‍यान काजी नाम गरेका यी बालक जम्मा आठ वर्षका मात्र भएका छन् । उनको युट्युब च्यानल ‘र्‍यान्ज वर्ल्ड’को २ करोड ३० लाखभन्दा बढी सब्सक्राइबर रहेका छन् । उनी आफ्नो च्यानल ‘र्‍यान्ज वर्ल्ड’मा खेलौनाबारे बताउँछन् र तिनको समीक्षा गर्ने गर्छन्।

युट्युुबबाटै सन् २०१८ मा उनले २ करोड ४० लाख डलर कमाएका थिए । गत वर्ष पनि उनकै नाम सबैभन्दा धेरै कमाउन युट्युबरको नाममा आएको थियो ।

त्यस्तै फोर्ब्सले सार्वजनिक गरेको सूूचिमा पाँच वर्षीया रुसी बालिका अनास्तासिया राद्जिन्स्काया धेरै कमाउने युट्युबरको सूचीमा तेस्रो नम्बरमा छिन् । युट्युबमार्फत उनले १ करोड ८० लाख डलर आम्दानी गरेकी छिन्।

काजीको युट्युब च्यानल विश्वप्रसिद्ध हुनुमा आमा लोन गुआनको पनि मुख्य भुमिका छ । उनकी आमा लोन पूर्व शिक्षिका हुन् । उनले नै ‘र्‍यान्ज वर्ल्ड’ युट्युब च्यानल सिर्जना गरेकी हुन्।

गुआन परिवारको चार वटा कम्पनीको जिम्मेवारी पनि लोनकै काँधमा छ। उनले श्रीमान् सियोनको सहयोग मार्फत काम गर्ने गर्छिन् । उनीहरूका तीन वर्षीया जुम्ल्याहा छोरी पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?