नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) बनाउने गिरोह पक्राउ परेको छ ।

न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सवारी चेक जाचको क्रममा एक जनाबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटेको थियो । उक्त लाइसेन्स अनुसन्धान गर्दा स्मार्ट लाईसेन्स नक्कली भएको प्रमाणित भएको ।

उक्त लाइसेन्स नक्कली भएको पाइपछि त्यसमाथि प्रहरीले थप अनुसन्धान गर्दा नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको पक्ता लगाएको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?