प्रदर्शनकारीद्वार डोटीमा गाडी तोडफोड

डोटी, ७ माघ । राजधानीको माग गर्दै आएका प्रर्दशनकारीले बन्दको अवज्ञा गरेको भन्दै डोटीमा एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन् डोटीको बुडर क्षेत्रमा रहेका प्रदर्शनकारीले राति दुई बजेतिर गाडीहरुमा तोडफोड गरेका हुन् । डडेधुरा, बैतडी, बझाङ लगायतका जिल्लाबाट कैलाली र कञ्चनपुरतिर जान लागेको गाडीहरुमा तोडफोड गरिएको हो प्रहरीले डोटीको गैरा क्षेत्रमा रहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर गाडीलाई गन्तव्यतर्फ पठाइएको थियो गैराबाट अगाडी गएका गाडीहरुलाई बुडर क्षेत्रमा पुग्दा त्यहाँ रहेका प्रदर्शनले तोडफोड गरेका हुन् । ‘यात्रु बाहक बससहित मालबहाक ट्रक, निजी जीपलगायतका सवारी साधन तोडफोडमा परेका हुन्’, नेबिसंघ जिल्ला अध्यक्षबाट भर्खरै राजीनामा दिएका गणेश खड्काले भने, ‘बन्दको जानकारी हुँदाहुँदै पनि चलाएकाले आक्रोशित प्रदर्शनकारीको तोडफोड गरेका बताए । प्रदर्शनकारीले १५ वटा गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल कायम गरिनुपर्ने माग राख्दै २६ दिनदेखि डोटीमा भएको विरोध प्रदर्शनले जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । सरकारले प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेसँगै डोटीमा आन्दोलन सुरु भएको हो त्यस्तै, प्रदेश माग गर्दै भइरहेको कारण डोटीलाई सुरक्षाको दृष्टिकोण राख्दै जिल्ला सुरक्षा समितिले नेपाली सेना समेत परिचालित गरेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा दिपायल क्षेत्रमा शुक्रबार रातिदेखि सेनाको गस्ती टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?