तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा लडेर एक जनाको मृत्यु भएको छ । घर बनाउने क्रममा छथर गाउँपालिका–१ का ७२ बर्षिय नरबहादुर लिम्बूको एकतला माथिबाट झरेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा लडेर लिम्बू घाइते भएका थिए । उनको उपचारका लागि बि.पी. कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो ।

लिम्बुको उपचारमा संग्लग्न चिकित्सकले निजको उपचार हुन असम्भव रहेको भनी जानकारी गराएसंगै लिम्बुलाई घर तर्फ लैजाने क्रममा बाटोमा नै राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?