काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।
सोमबार(आज) सकिएको थुकछेक बहसपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
गिरीविरुद्ध एकजना महिला अनुयायीले बलात्कार आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया