काठमाडौं – बलात्कार आरोपका प्रहरी हिरासतमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले अन्य महिलाहरुलाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको खुलासा भएको छ ।
सिद्धबाबाले प्रयोग गर्ने ९८५२ ०२५८८५ नम्बरबाट अन्य नम्बरमा यौन बिषयसँग सम्बन्धित म्यासेज गर्ने गरेको भेटिएसँगै उनको कालो कर्तुत बाहिरिएको हो ।
गिरीले आश्रममा आउने र बस्ने अन्य महिलालाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको म्यासेजको विवरण पनि अदालतमा पेस भएको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन (सिडिआर रिपोर्ट)मा यस्तो प्रकृतीका म्यासेजहरु भेटीएको उल्लेख छ। प्रहरी र सरकारी वकिलले पेस गरेको उक्त फाइलमाथि नै जिल्ला अदालत सुनसरीको १ नम्बर बेन्चमा बहस जारी छ।
गिरीलाई उजुरी दिनेभन्दा फरक चतरास्थित आश्रमका अरु युवतीहरुलाई ‘यौन प्रस्ताव’ राख्ने गरेको तथ्य फेला परेको हो। उनले बोक्ने नम्बरबाटै आश्रमभित्रै रहेका केहीलाई म्यासेज गरी सुत्न बोलाइएको छ।
१८ र १९ अक्टोबर २०१९ मा सिद्धबाबाले आश्रममा बस्दै आएकी एक महिला अनुयायीलाई पठाएको म्यासेजमा ‘नानु आउ नुनु गरौ न, नानी काली भुन्टी आउ नुनु गरौं’ लेखिएको छ। प्रहरीको अभियोग पत्रमा पशुपत सिद्ध नामको फेसबुक आइडीमार्फत् ती महिलालाई म्यासेज गरेको भेटीएको छ। ‘यु आर स्वीट हाहा ’ जस्ता म्यासेज स्वयम् गिरीले गरेका छन्।
ती महिलाले गुरुलाई भेट्न खोजेको र राति साढे ११ बजे कोठामा बोलाएको पनि उल्लेख छ। गिरीले ‘मैले मौका दिएको बेला किन चुपरु’ भन्ने म्यासेज पठाएका थिए। त्यसपछी ती महिला गिरीको आश्रमको ढोका सम्म पुगिन्। त्यहीं बेला गिरीले उनलाई ढोकाभित्र लगेका हुन्।
ढोग्दा धेरै आवाज ननिकाली ढोग भन्दै गिरीले महिलाको टाउको र घाँटीमा हात लगे। हात हटाउन खोज्दा धेरैपछि ठाकुरजीको सेवा गर्न पाएकी छेस् भन्दै झापड हानेर जबरजस्ती उचाली सोफामा लगी करणी गरेको र कसैलाई भने अनिष्ट हुुन्छ भन्दै धम्की दिएको अभियोग पत्रमा उल्लेख छ। अभियोग प्रमाणित भए गिरीलाई ७ देखि १० वर्ष सजाय हुन सक्ने छ । गिरीले शुक्रबार अदालत समक्ष आफुमाथि लगाइएको अभियोग उपर इन्कारी बयान दिएका छन् ।
यसअघि गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको थियो । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।
यो समाचार पढ्नुहोस् :
१ घण्टा २० मिनेटको अडियोसँगै बाहिरियो सिद्धबाबाको कर्तुत, मुद्दा फिर्ता लिन फोन गरेर दबाब !
बलात्कारको आरोप लागेका सिद्धबाबालाई हिरासतमा राख्न म्याद थप
सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया