युनाइटेड, वृज तथा होङसी सिमेन्ट उद्योगमा गम्भीर लापरबाही, विभागले माग्यो स्पष्टिकरण

काठमाडौं । युनाइटेड, होङसी तथा वृज सिमेन्ट उद्योगले गुणस्तरहिन उत्पादन गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्दा गुणस्तरहिन उत्पादन गरेको पाइएकाले कारबाही अघि बढाउन लागेको । वृज तथा युनाइटेड सिमेन्टको उत्पादनमा नेपाल गुणस्तरले अनुगमन गर्दा तोकेको मापदण्ड भन्दा बढी आइआर भएको पाइएको जनाएको छ । सत्य तथ्य बाहिर ल्याउन विभागले १५ दिने स्पष्टिकरण समेत सोधेको छ । बिभागको मापदण्ड अनुसार पीपीसीमा २८ प्रतिशतभन्दा बढी तथा ओपीसी सिमेन्टमा २ प्रतिशत भन्दा बढी आइआर हुनुहुँदैन ।

युनाइटेडले ओपीसी सिमेन्ट सिमेन्टमा आइआर २.६ प्रतिशत रहेको अनुगमनले देखाएको थियो । त्यसैकारण मापदण्ड विपरित भन्दै विभागले उद्योगलाई १५ दिने स्पष्टिकरण सोधेको थियो । भने अर्काे वृज सिमेन्टमा पनि आइआर २९.९ प्रतिशत आइआर देखिएको थियो । त्यसैकारण वृज सिमेन्टलाइ पनि १५ दिने स्पष्टिकरण सोधेको विभागले जनाएको छ ।

बिभागले तोकेको मापदण्ड भन्दा बढी आइआर रहेको भनेर प्रष्टिकरणर सोधेको छ । साथै उनीहरुले लिखित जवाफ पठाएपछि थप कारबाही प्रक्रिया अघि बढाइने बिभागको भनाई रहेको छ ।

त्यस्तै अर्काे बिभागको मापदण्ड भन्दा विपरित गएकोमा होङ्सीको सिमेन्ट पनि कारबाहीको भागिदार हुने भएको छ । केही दिनअघि मात्र संसद्को सार्वजनिक लेखा समितिले आइआर २ प्रतिशत र २८ प्रतिशतमा कायम राख्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यससँगै विभागले सिमेन्ट उद्योगहरुमाथि अनुगमनलाई तिव्रता दिइरहेको छ । बजार अनुमगनका क्रममा बिभिन्न ६ उद्योग मापदण्ड विपरित उत्पादन गर्दै आएका थिए । जसमध्ये तीन ओटा उद्योगले गम्भीर लापरबाही गरेर सिमेन्ट उत्पादन गरेको विभागले ठहर गर्दै स्पष्टिकरण सोधेको हो ।

अनुगमन गर्दा समस्या देखिएपछि विभागले होङसीलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम ९१६० अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?