ललितपुरमा आगलागी

काठमाडौं । गए राति ललितपुरको सानेपा स्थित एक कवाडी पसलमा आगलागी भएको छ । आगलागीबाट उक्त पसल जलेर नष्ट भएको जनाइएको छ ।

राजेश पाश्वानले सञ्चालन गरेको पसलमा गएराति ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाएर आगो नियन्त्रण गरीएको थियो ।  १ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?