एन्टरपोलको रेडकर्नर नोटिसमा सूचीकृत तीन जना चिनियाँ कुख्यात अपराधी अध्यागमनलाई छलेर नेपाल भित्रिएको खुलासा भएको छ ।
चीनमा अपराध गरेर भागेका उनीहरु पछिल्लो एक वर्षको अवधिमा पर्यटक र बिजनेश भिसामा नेपाल भित्रिएका हुन् ।
जहाङ जोङमोउले ०७६ भदौ १२ मा र यु आइहाइले ०७५ मंसिर १२ मा पर्यटक भिसा लिएका थिए । यस्तै क्यु क्विङले ०७६ कात्तिक २ मा बिजनेश भिसा लिएका थिए । उनीहरुको भिसा अवधि सकिइसकेको छ। चीनले उनीहरुलाई कुन कसुरमा अपराधी ठहर गरेको हो भन्नेबारे खुलिसकेको छैन ।
कान्तिपुर दैनिक लेख्छ–कुख्यात अपराधीहरु कसरी वैधानिक रुपमा नेपाल भन्नेबारेको प्रश्नमा विभागका निर्देशक रामचन्द्र तिवारीले नेपाल भित्रिएपछि मात्रै इन्टरपोलले उनीहरुविरुद्ध रेडकर्नर नोटिस जारी गरेको दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया