मकवानपुर जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । मकवानपुरमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज ३४३३ नम्बरको जीप हेटौंडा -कुलेखानी-सिस्नेरी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परि अन्य ४ जना घाइते भएका छन् । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपका चालक समेत घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी मनमोहन मेमोरियल अस्पताल फर्पिङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?