बीपी कोइराला क्यान्सर अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा १५ करोडको लागतमा अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन गरिएको छ ।

शुक्रबार एक कार्यक्रम आयोजित गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले शल्यक्रिया कक्षको उद्घाटन गरिन् ।

अस्पतालको नयांँ भवनमा अत्याधुनिक, संक्रमणरहित सबै प्रकारका क्यान्सर शल्यक्रिया गर्ने ‘मोडुलर अपरेसन थेटर’ र आठ शल्यक्रिया कक्ष रहेको रहेको अस्पतालले जानएको छ ।

केन्द्र सरकारको पहल र लगानीमा उक्त मेसिन भित्र्याइएको हो । ८ वटा शल्यक्रिया मेसिनको १० करोड लागत छ भने अस्पतालको आन्तरिक स्रोत र सरकारको केही रकम गरी थप शल्यक्रिया कक्ष र अन्य उपकरणका लागि थप ५ करोड खर्च लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?