काठमाडौं । जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ । आज विहान जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।
महाशाखाले आज जारी गरेको बुलेटिनका अनुसार डडेल्धुरामा ०.९, काठमाडौंमा १.२ र वीरेन्द्रनगरमा १.३ डिग्री सेल्सियस तापक्रम रहेको छ ।
काठमाडौंमा भने हिजोको तुलनामा आज तापक्रम बढेको छ । हिजो शून्य दशमलव ९ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंमा आजको तापक्रम १.२ रहेको छ । त्यस्तै दिपायलमा २.४, ओखलढुंगामा ३, पोखरामा ३ं२, ताप्लेजुङमा ३ं५ डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाको बुलेटिनमा छ ।
आज विराटनगरको तापक्रम १०.८, धनकुटामा ५.५, सिमरामा ९, भैरहवामा ९.२, दाङमा ४, नेपालगन्जमा ८.४ र धनगढीमा ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया