काठमाडौं । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा जाँदै गरेको टिपर आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
फोहर बोकेर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको तिनपिप्लेले प्रहरी जनाएको छ ।
ना २ क ३३८ नं को मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापा मगरले जानकारी दिए ।
उनका अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको टिपरमा च्यापिएर उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परेको टिपर हटाउन स्काभेटर मगाइएको ककनी गाउँपालिकाको उपाध्यक्ष सीता खतिवडा (लामा) ले जानकारी दिईन ।
तस्वीर : सुसन घिमिरे




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया