काठमाडौं । सुन्दर छ पोखरा सबैको रोजाइको शहर । अङ्ग्रेजी नयाँ वर्षलाई पोखराले स्वागत गर्न निकै आतुर छ । हरेक वर्ष आउने अङ्ग्रेजी नयाँ वर्ष पोखराले भने फरक तरिकाले मनाउन थालेको २० वर्ष पूरा भइसकेको छ ।
पर्यटक भित्र्याउने नयाँनयाँ सोचको विकाससँगै पर्यटन व्यवसायमा लामो अनुभव हासिल गर्नुभएका गणेशबहादुर भट्टराईले सडक महोत्सवको परिकल्पनालाई पोखरा भित्र्याएका हुन् । “सन् १९९७ तिर राजा वीरेन्द्रसँग पोखरामा डिनर गर्ने अवसर मिल्यो सो अवसरमा राजा वीरेन्द्रले पोखरामा पर्यटकको चहलपहल नभएको भन्ने कुरा राखे । कारण के हुन सक्छ, दक्ष जनशक्ति भएन कि पर्यटक गतिविधिमा हाम्रो चासो पुगेन कि । यसमा ध्यान दिनुप-यो भनेर चिन्ता व्यक्त गरे”, भट्टराई स्मरण गरे, “मलाई राजा वीरेन्द्रको कुराले निकै सोचमग्न बनायो, सन् १९९७ मा भारतको गोवाको एक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । मैले त्यहाँ सांस्कृतिकदेखि हस्तकलाका धेरै कुरा देखेँ, तत्काल पोखरामा पनि यस्तै मेला गर्न सकिन्छ भन्ने सोच बनाएर फर्किएँ ।”
सन् १९९९ मा पोखरामा ‘मिलेनियम इभ’को आयोजना भयो र त्यसको संयोजक भट्टराईनै थिए । त्यसताका ट्रेड फेयर ९व्यापार मेला० मार्फत नेपालको उत्पादनलाई बाहिर बजारमा निर्यात गर्न सफल भएको उनको अनुभव छ । मिलेनियम इभमा विभिन्न देशका खाना, सङ्गीत, कला, संस्कृति, हस्तकलालाई जोड दिइएको उनले बताए । त्यस कार्यक्रमका सफलतासँगै त्यस वर्षयता रेवानले सडक महोत्सवको रूपमा यस महोत्सव मनाउँदै आएको छ ।
बिहीबार रेवान सडक महोत्सव सातौँ संस्करणदेखि ‘पोखरा सडक महोत्सव’ शुरु भएको छ । अब यसलाई अन्तर्राष्ट्रियरूपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने उनको तर्क छ । “पोखरा पर्यटकको रोजाइको गन्तव्य हो । पर्यटकलाई आकर्षित गर्न अब अन्तर्राष्ट्रिय कला संस्कृति भित्र्याएर र यहाँको कला संस्कृति, हस्तकला, उत्पादनलाई अन्तर्राष्ट्रिय जगत्मा पु¥याउनुपर्छ”, उनले भने । यसका लागि राज्यले नै अग्रसरता देखाउनु पर्ने उनको धारणा छ ।
सडक महोत्सवका लागि अहिले देशदेखि विदेशबाट समेत पर्यटकको आगमन बढ्दै गएको रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० पोखराका अध्यक्ष भीमसेन भुजेल बताए । “भोलि नेवार समुदायका विभिन्न सांस्कृतिक गतिविधि बजार क्षेत्रमा केन्द्रित हुन्थे, लेकसाइड शून्यजस्तो हुन्थ्यो”, अध्यक्ष भुजेलले भने, “जब महोत्सव हुन थाल्यो लेकसाइडको पहिचान पनि थप उचाइमा पुग्यो ।
खुला सडकमा विभिन्न खानाको परिकार र सांस्कृतिक कार्यक्रमले पुसको जाडोलाई बिर्साइदिन सफल महोत्सवले पोखरेली मात्र होइन देश विदेशमा समेत आफ्नो ब्राण्डिङ गरेको छ ।” भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सडक महोत्सवले थप भूमिका खेल्ने उनको विश्वास छ ।
रेवानका पूर्व अध्यक्ष सूर्य भुजेलले सडक महोत्सवले पोखराको पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन सफल भएको बताए । “यो जाडो मौसम र विशेषगरी क्रिसमसको समयमा पोखरामा पर्यटकको बसाई निकै पातलो हुन्छ । विभिन्न देशबाट आएका पर्यटकलाई सडक महोत्सवले उत्सव मनाउने अवसर प्रदान गरेको छ”, उनले भने ।
सडक महोत्सवको २१ औँ संस्करण प्रवद्र्धन समितिको संयोजकसमेत रहनुभएका भुजेलले भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन यही ‘ग्राउण्ड’ बाट हुने भएकाले पनि विशेष रहेको बताए । गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनसहितको -यालीले थप रौनकता प्रदान गर्ने उनको भनाइ छ । यस वर्ष करिब छ लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको भुजेल बताए ।
सातौँ संस्करणबाट पोखरा सडक महोत्सवबाट नाम पाएको यस महोत्सवमा विभिन्न देशका खानाका परिकारका साथै नेपालका विभिन्न कला संस्कृति झल्कने प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, हस्तकला सामग्री, एवं कृषिउपजको प्रदर्शनी गरिने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।
पोखरा लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा सडक महोत्सव हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया