काठमाडौँ । गत मंगलबार चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भएका अर्जुन कुमार केसीलाई ठक्कर दिने गाडी र चालक २ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘हिट एण्ड रन’ केसका गाडी चालक रविन पौडेल र ना८ख ३४२४ नम्बरको ट्रक प्रहरीले ललितपुरको चापागाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुर्घटनाको दिन इट्टा लोड गरेको गाडी लिएर पौडेल ललितपुरको चापागाउँ जाँदै थिए । ट्रकले मोटरसाइकललाई ठक्कर दिएलगत्तै तीब्र गतिमा कुदाएर पौडेल कोटेश्वर हुँदै पेप्सीकोला पुगेका थिए । लुकेर बसेका पौडेल राती मात्र इट्टा लिएर चापागाउँ आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीले कोटेश्वरको सीसीटिभी फुटेजको आधारमा गाडीको नम्बर पहिचान गरेर गाडीको खोजी गरेको थियो ।
प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका बेला गाडीले ठक्कर दिँदा केसीको घटनास्थलमै मृत्यु भएको थियो । केसीका छोरालाई भने सामान्य चोट लागेको थियो ।
यो पढ़नुभएको थियो ?
आज पनि अर्को दर्दनाक सवारी दुर्घटना, छोरालाई स्कुल छोड्न गएका बाबुको मृत्यु, छोरा घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया