बडहरको रूखले किच्दा महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा रुखले किचेर महिलाको ज्यान गएको छ ।

ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ हपुखोला बस्ने ५० वर्षीय पदम माया खड्काको रुखले किचेर मृत्यु भएको छ।

बिहीबार दिउँसोको समयमा हपुखोला तेल्लोक जोड्ने सडक खन्ने क्रममा बडहरको रूख ढलेर नजिकै बसिरहेकी खड्कालाई लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?