धनकुटा, ६ माघ । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ आज बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रर्दशन तयारी गरे पनि स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम राखेको जनाएपछि आन्दोलनकारी पछि सरेका छन् । प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहडताललाई निरन्तरता दिएको छ । स्थानीय प्रशासनले आज बिहान बजार क्षेत्रमा निषेधाज्ञा जारी रहेको माइकिङ गरेको थियो आन्दोलन संघर्ष समितिले शुक्रबार बेलुका बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि जिल्ला सुरक्षा समिति धनकुटाले सुरक्षाका स्थिति थप कडाइ गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए शुक्रबार साँझ ५ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो भएको जानकारी गराएपछि यता संघर्ष समितिको साँझ बैठकले आमहडताललाई ७ गतेसम्म निरन्तरता दिँदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले सुरक्षा कडा बनाएको जनाएको छ आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, वित्तीय संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्दको घोषणा गरिएको छ स्थानीय प्रशासनले शुक्रबार बेलुका करिब ३०० सवारीसाधन स्कटिङ गरेर कोशी राजमार्गबाट गन्तव्यतर्फ पठाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया