काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाईजलाई १-० गोल अन्तरले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे ।जगजितले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरे।
खेलमा मनाङका कप्तान कमल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मनाङले ३ खेलमा ९ अंक जोडेको छ । ब्रिगेडले दोस्रो हारसँगै ३ खेलबाट ३ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया