दयालु बन्दा आयु लामो हुने एक अध्ययनको निष्कर्ष

एजेन्सी । अमेरिकामा रहेको क्यालिफोर्निया युनिभर्सिटीले प्रत्येक दिन नयाँ-नयाँ अनुसन्धानहरु गरिरहेको हुन्छ । अनुसन्धानबाट नयाँ तथ्य फेला पार्ने गर्छ। भर्खरै उक्त युनिभर्सिटीले मानिस दयालु भएमा आयु लामो हुने तथ्य फेला पारेको छ ।

भर्खरैमात्र सकिएको अनुसन्धानमा विश्वविद्यालयका अनुसन्धान कर्ताले यदि मानिसहरु दयालु छ भने त्यसको आयु लामो हुने बताएका छन् ।

अनुसन्धानका अनुसार यदि हामीमा पनि दयाको भावना छ भने हाम्रो आयु पनि लामो हुने पत्ता लागेको हो ।

दया गर्दा आफूलाई खुसी मिल्ने र खुसीकै कारण शरिरमा उर्जा मिल्नुका साथै अनेक रोगबाट बँचाउने शक्ति मिल्ने गरेको अध्ययनको निष्कर्ष छ ।

संस्थाका निर्देशक डेनियल फेस्लरले अनुसन्धानमा रिसर्चरहरुले मान्छेको खुसीबाट अर्को व्यक्ति कसरी सन्तोष हुन्छ भन्ने कुरा पनि रिसर्च गरिरहेको बताएका छन् ।

सोहि विश्वविद्यालयकी एक रिसर्चर डाक्टर केली हार्डिङका अनुसार दयालु बन्यो भने ब्लड प्रेसर हाईको समस्याबाट मुक्ति मिल्ने गर्छ साथै स्वास्थ्यमा पनि फाईदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?