प्रहरी हुँ भनि सेट देखाई धम्काउने ब्यक्ति पक्राउ, सक्कली प्रहरीमाथि हातपात

आफू प्रहरी भएको भन्दै हिँड्ने एक व्यक्तिलाई सञ्चारसेटसहित पक्राउ गरेको छ ।
गएराति काठमाण्डौको रत्नपार्क एरियामा अपराधिक प्रबृतिका ब्यक्तिहरुको सूचना संकलन गरी निग्रानी राख्न अपराध महाशाखाबाट खटिएको टोलीले तपशिलमा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई शंकास्पद अबस्थामा फेला पारी सोधपुछ गर्न लाग्दा उनले प्रहरीमाथी उल्टै हातपात गरी अभद्र ब्यबहार गरेका थिए ।
सो क्रममा उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा निजको साथबाट ह्याण्ड सेट थान १ फेला पारिएको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा सोधपुछ गर्दा उनले आफ्नो साथबाट फेला परेको मोटोरोला कम्पनिको सेट हाईड्रोपावर सोलुखुम्बुको चितवनमा रहेको स्टोरमा सेक्युरिटी गार्डको काम गर्दा आफूले लिई नबुझाएको बयान दिएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?