नेपाल र भुटान दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली यू-१५ राष्ट्रिय महिला फुटबल टिमले आज भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

पहिलो खेलमा फराकिलो जित हात पारेको नेपालले आज भसटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल अपरान्ह २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदैछ ।

सोमबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?