ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा च्यासल युथ टिमले न्युरोड एनआरटीसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे हुँदैछ  ।

मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेल दिउँसो ३ बजे च्यासल र एनआरटीबीच हुँदैछ ।

दोस्रो स्थानका रहेको च्यासलले २ खेलबाट ४ अंक बटुलेको छ भने एनआरटी एक अंक सहित दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?