नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पठाइदिने भनि प्रलोभन दिइ रकम असुली गर्दै आएका सेनानी (मेजर) सुवास थापालाई पक्राउ गरेको छ ।
नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको जानकारी जंगी अड्डा स्रोतले दिएको छ ।
स्रोतका अनुसार सिपाहीदेखि जमदारसम्का १२ जनाले थापाविरुद्ध आफूहरुसित शान्ति सेनामा पठाइदिन रकम असुलेको उजुरी जंगी अड्डामा दिएपछि अनुसन्धान सुरु भएको हो । उनले आफू प्रधानसेनापतिको मान्छे भन्दै सकम असुलेको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया