एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरी । सुनसरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह–५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोक्किँदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेतबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर खाएको थियो । साथै एम्बुलेन्स चालकसहित चार जना घाईते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?