काठमाडौं | ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका वडाअध्यक्ष सहित ९ जना धरौटीमा रिहा भएका छन । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडकासहित ९ जना शुक्रबार ५ लाख ७५ हजार रुपैंयाँमा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा भएका हुन ।
जिल्ला अदालतले खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तिलक खडका, ओमजंग खडका, बसन्त खडका, जंग खडका, एकेन्द्र खडका, सन्तोष खडका, भरत थापा, दिपक खडका, किरण खडकालाई धरौटीमा रिहा गरेको हो |
खडका लगायत ९ जनाको समुहले सोही वडा घर भएका ७६ बर्षिय वृद्घ डबल बहादुर खडका र निर्मला खडकालाई कुटपिट गरी सक्त घाइते बनाएको भन्दै वृद्घ डबल बहादुर खडकाका छोरा त्रिभुवन खडकाले कार्तिक ६ गते ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्घा गराएका थिए ।
जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपश्चात वडा अध्यक्ष तिलक खडकाले शनिबार चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको जानकारी दिएका छन । पत्रकारमा सम्मेलनमा उनले घाइते डबल बहादुर खडका मदिरा सेवन गरी लडेको र आफुहरुलाई परिबन्धमा फसाइएको बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया