काठमाडौं । नेपालमा अनलाईन पत्रकारिताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा सरोकावालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाईनहरुको संख्या बढेको बताए ।
समाचार स्रोतको रुपमा अनलाईन प्रयोग गर्नेहरुको संख्या बढेपनि समाचारमाथिको विश्वसनियतामा अझैपनि पाठक ढुक्क बन्न नसकेको उनको धारणा छ ।
प्रवेश सुवेदीले अनलाईनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया