काठमाडौं । संङ्खुवासभाको धर्मदेवी नगरपालिकामा –३ मा रहेको सगरमाथा टि–स्टेटमा म्यानेजर हर्क कुलुङ राईलाई अज्ञात समूहले गोली प्रहार गरेको छ ।
राति १० बजे सुतिरहेका कुलुङको क्वाटरमा प्रवेश गरेर ढोका फुटाएर हात छिराएर उक्त समूहले गोली प्रहार गरेका राईले बताए ।
राईले ढोका तोड फोड गरी हात छिराएर गोली प्रहार गरेका थिए । क्वाटरमा सुतिरहेका राईले आफूलाई ताकेर गोली प्रहार गरिए पनि आफू लुकेर बाच्न सफल भएको उनले बताए । गोली भने ढोका माथिको भागमा लागेको थियो । राई आफूमाथि असुरक्षित भएको स्थानीय प्रहरी चौकीमा शरण लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया