प्रदेश ५ को राजधानी माग गर्दै आज पनि कपिलवस्तु बन्द

कपिलवस्तु, ५ माघ । ५ नं. प्रदेशको राजधानी माग गर्दै कपिलवस्तुको तौलिहवा आज पनि बन्द छ बुटवललाई प्रदेश ५ को राजधानी घोषणा गरे लगत्तै स्थानीय राजनीतिक दलको अगुवाईमा जिल्ला बन्द भएको हो बन्दकर्ताहरुले जिल्ला प्रशासनचोक, नयाँटोल चोक, गौढी चोकमा टायर बालेर सम्पूर्ण यातायतातका साधानहरु सञ्चालनमा रोक लगाएका छन् । कपिलवस्तुको बहादुरगंज, कृष्णनगर क्षेत्रमापनि राजधानीको माग गर्दै सर्वसाधारणले आन्दोलन गरेका छन् बन्दका कारण सदरमुकाम तौलिहवाका उद्योग धन्धा, कलकारखाना, शिक्षण संस्था, बजार, यातायात सबै क्षेत्र पूर्ण रुपमा प्रभावित बनेका छन् । प्राचीनकालमा गौतम बुद्धका पिता राजा सुद्धोदनको राजधानी समेत रहेको कपिलवस्तु ५ नम्बर प्रदेशको राजधानीका लागि उपयुक्त रहेको स्थानीयको दाबी छ आन्दोलनमा जिल्लाका प्रतिनिधिसभा सदस्यहरु चक्रपाणी खनाल, बृजेशकुमार गुप्ता र अभिषेकप्रताप शाहको समेत समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?