धनकुटामा ट्रक र अटो ठक्कर खाँदा २ जनाको ज्यान गयो

काठमाडौं । आइतबार दिउँसो धनकुटामा ट्रक र अटो ठोक्‍किँदा २ जनाको मृत्यु भएको छ।

बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको अटो एकआपसमा ठक्कर खाँदा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेको प्रहरीले जनाएको छ ।

घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?