पेट दुखेर अस्पताल पुगेका पुरुष गर्भवती भएको रिपोर्ट आएपछि !

एजेन्सी । हामीले महिलाहरु गर्भवती भएको कुरा त थाहा पाई नै राखेका छौँ । र देखिरहेका पनि छौँ । तर पुरुष गर्भवति भएको कुरा भने सायदै कसैले नसुनेको हुनुपर्छ ।

भारताको उत्तर प्रदेशमा एक युवक गर्भवति फेला परेका छन् । उक्त व्यक्ति कसरी गर्भवति भए भन्ने खबरले अहिलेको सामाजिक सञ्जाल तातेको छ । उक्त व्यक्ति कसरी गर्भवति भए भन्ने खबर बाहिर नआएको भए पनि उनलाई अस्पतालले गर्भवती भएको रिपोर्ट दिएको छ ।

कासगञ्ज जिल्लाको अलिगञ्ज निवासी वर्ष २२ का एक युवक सीमेन्ट फ्याक्ट्रीमा काम गर्ने गर्थे । दर्शन नाम गरेका ती व्यक्तिको पेट केहि महिना अगाडिबाट अधिक नै दुखिरहेको थियो । जसका कारण उनलाई धेरै नै पीडा भइरहेको थियो । उनी काम गर्न पन नसक्ने अवस्थामा पुगिसकेका थिए । पेट अति नै दुख्न थालेपछि उक्त युवक अलिगढस्थित रामद्दाट रोडमा रहेको सनराइज अस्पतालमा पेट चेकअपका लागि गए ।

युवकले अस्पतालमा केहि महिना यता पेटमा अत्याधिक पीडा महशुस भएको खबर डाक्टरलाई भनेपछि डाक्टरले उनलाई अल्ट्रासाउण्ड गर्न सल्ल्लाह दिए । त्यसपछि डाक्टरले उनको सबै शरिरको परिक्षण गरे ।

दिनभरको परिक्षण पछि बेलुकाको समयमा उनको रिपोर्ट निकालियो । रिपोर्ट डाक्टरले हेरे तर डाक्टर नै रिपोर्ट हेरेपछि अचम्ममा परे । किनभने युवकको रिपोर्टमा गर्भवती रहेको तथ्य बाहिरियो । डाक्टरले उनलाई पेटमा बच्चा भएको कारण धेरै पीडा हुने गरेको बताए ।

अल्ट्रासाउण्डको रिपोर्ट अनुसार पनि दर्शनको पेटमा बच्चा रहेको कुरा पत्ता लागेको छ । उनको पेटमा रहेको बच्चादानीको नली (फिलोपियन ट्युब)मा गर्भ रहेको कुरा डाक्टरले बताएका हुन् ।

एक डाक्टरको कुरा नपत्याएर दर्शनले उक्त रिपोर्टका साथ अर्को डाक्टर कहाँ पुगे तर उनलाई उक्त डाक्टरले पनि गर्भवती रहेको कुरा बताए ।

अर्का डाक्टरको कुरा सुनेपछि दर्शनको होश नै उड्यो र उनी बेहोस भए । अस्पतालले मजाक गरिरहेको भन्ने लागेर उनले बेहोशबाट उठेपछि केहि मानिसहरुको सल्लाह बमोजिम जिल्ला अधिकारी कहाँ रिपोर्ट गरेका छन् ।

अस्पतालका केहि डाक्टरले भने दर्शन भन्दा अगाडि कोहि महिलाको रिपोर्ट उनलाई परेको हुन सक्ने शंका गरेका छन् । दर्शनको रिपोर्ट बनाउने डाक्टर आलोक गुप्ताले भने गल्तीले रिपोर्ट बनेको स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?