पिकनिक गइरहेको बस दुर्घटना, २३ जना घाइते

काठमाडौं । शुक्रबार बिहान पिकनिकको लागि घ्याम्पे डाडाँमा गइरहेको मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ ।

घ्याम्पे डाडाँमा गइरहेको बा ५ ख ४२८६ नम्बरको बसमा सवार ४६ जना विद्यार्थीमध्ये २३ जना घाइते भएका भक्तपुर प्रहरीले जनाएको छ।

घाइतेको इवामोरा अस्पतालमा उपचार भइरहेको कलेजका प्रधानाध्यापक डम्बर हमालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?