अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार र सरसफाइका सामग्री वितरण

रामपुर, ४ माघ । अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइ सामग्री वितरण गरिएको छ रामपुर नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक÷एक थान हरलिक्स, नुहाउने तथा कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने सामग्री वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए साथै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडाभित्रका छ वृद्धवृद्धालाई एक÷एक थान कम्बल र म्याट वितरण गरिएको छ ती सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यस नगरलाई अपांगमैत्री नगर बनाउनका लागि कार्यालयले सक्दो सहयोग गर्ने बताए उनले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्न आगामी दिनमा बजेट विनियोजन गर्ने वचन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?