धनकुटा तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यू लगाइयो

धनकुटा, ४ माघ । सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै धनकुटाको अवस्था तनावग्रस्त बनेको छ प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भइरहेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेको छ स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू लगाएको छ । प्रहरीको लाठिचार्जबाट नेपाली कांग्रेस धनकटाका कोषाध्यक्ष दिनेश राइ घाइते भएका छन् भने क्षेत्रीय प्रशासन कार्यालयसहित आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?