डिप्रोक्स लघुवित्तद्वारा ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाले ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । संस्थाको २५९औं सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो। जस अनुसार ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने भएको हो ।

जस अनुसार ३४ करोड ८० लाख ३४ हजार ६९८ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव बाढ्ने भएको हो । हाल संस्थासँग ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?