सिरहामा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं। पूर्वपश्चिम राजमार्गको स्थित सिरहाको गोलबजार नगरपालिका–४ मा मोटरसाइकल र एम्वुलेन्स एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स.६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स.१ च ६९३ नम्बरको एम्वुलेन्स एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सिरहा– १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?