किन आन्दोलनमा उत्रिए देशभरका नर्सहरु ?

काठमाडौं, ३ माघ । पेशागत सुरक्षाको माग राख्दै नर्सहरुले आन्दोलन सुरु गरेका छन् आन्दोलित नर्सहरुले बुधबार काठमाडौंमा र्याली निकालेका छन् । नर्सिङ अगुवाईमा भएको आन्दोलनमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागि भएका थिए आन्दोलित नर्सहरुले विदेश पलायन हाम्रो बाध्यता हो, शैक्षिक योग्यता अनुसार दरबन्दी सिर्जना गर, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस्, श्रम ऐन २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथासीघ्र लागू गरियोस्, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभ्रति गर लगायतका मनारा लेखेको प्लेकार्ड बोकि आन्दोलन गरेका छन् भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत तीन जना नर्ससहित सात जनालाई कामबाट हटाएपछि देशभर रहेका नर्सहरु आन्दोलनमा उत्रिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?