काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रस-कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक हात पारेकी छिन् ।
नेपालकै उषा खनालले क्रस-कन्ट्री साइक्लिङमा रजत जितेकी छिन् । १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्मीले लक्ष्य पूरा गरिन् । दोस्रो भएकी उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन् ।
भारतले कास्य पदकमा चित्त बुझाएको छ ।
नेपालले हालसम्म साइक्लिङमा ३ स्वर्ण हात पारेको छ । नेपालले सागमा हाल सम्म ३१ स्वर्ण हात पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया