काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्ड नेतृत्वको टोली मंसिर २४ मा चीन जाने तयारीमा थियो ।
‘भ्रमण तयारी पूरा भएपनि पछिल्लो राजनीतिक र प्रधानमन्त्रीको स्वास्थ्यका कारण हाललाई यो भ्रमण पछि सर्यो’, नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्रीको उपचारका लागि बाहिर लैजाने विषयमा समेत छलफल भइरहेकाले यस्तो अवस्थामा अधिक नेताहरु बाहिर रहनु उपयुक्त नहुने निष्कर्षमा माथिल्लो तहका नेताहरु पुगेका हुन् ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया