पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्याे

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको जनाएको हो। ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?