कपिलबस्तु, ३ माघ । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरई नामा पुलमा गएराति ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
राती पौने १२ बजे ना २ ख ९९६० नम्बरको ट्रकले भारतीय नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर पछाडी सवार, भारतीय नागरिक २४ वर्षिया मुबसरा खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक भारतकै २७ वर्षिय अतिकुल रहिमान घाइते भएका छन् । उनको संजिवनी अस्पताल चन्द्रौटामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
ट्रक र चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया