काठमाडौँ, ३ माघ-चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङे)लाई पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला अन्तिम हुने भएको छ । पुनरावेदनले ०६९ मा मनाङेलाई पाँच वर्ष जेल सजायको फैसला सुनाएको थियो । सो आदेशलाई अन्तिम मान्दै सरकारी वकिलको कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थिएन । मनाङे पनि पुनरावेदनको फैसलामा चित्त बुझाएर बसेका थिए पुनरावेदन अदालतको सो फैसलापछि चारजनाविरुद्ध सर्वोच्च अदालतमा सरकारका तर्फबाट रिट दायर भएको थियो । मनाङेको हकमा भने पाँच वर्ष जेल सजाय तोकिएकाले रिट दायर भएको थिएन । पुनरावेदनको फैसला अन्तिम भएकाले अब मनाङेले तीन वर्ष जेल सजाय बस्नुपर्नेछ मुद्दा सुनुवाइको कार्यविधिअनुसार मनाङेले अदालतको म्याद बुझेको ७० दिनभित्र पुनरावेदन गर्ने नियमित समय पाउँछन् । दुईपटकसम्म गरी एक महिना थप म्याद थाम्ने सुविधा मनाङेलाई कानुनले दिएको छ । यदि फैसला बुझेर तोकिएको सय दिनको समयसमेत गुजारेको हकमा भने फैसला कार्यान्वयनको कानुनी बाटो खुल्नेछ संविधानको धारा १७८ अनुसार भ्रष्टाचार या कुनै नैतिक पतन हुने काम गरेमा सांसद पद स्वतः जानेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘दीपक मनाङेको मुद्दामा अब संवैधानिक इजलासबाट मात्रै टुंगो लाग्नेछ । फौजदारी अभियोग लागेका व्यक्तिको हकमा सांसद पद निलम्बन हुनेछ ।’ त्यस्तै, प्रदेश सभा सदस्यको अयोग्यतासम्बन्धी प्रश्न उठेमा त्यसको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने व्यवस्था धारा १८१ ले गरेको छ, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया