काठमाडौँ, ३ माघ – कांग्रेसमा कोइराला विरासत फर्काउन शशांक, सुजाता र शेखर लागेको भनेपनि त्यति सहज नभएको आजको नयाँ पत्रिकाले छापेको छ । नेता रामचन्द्र पौडेलदेखि अरू प्रभावशाली नेताको झुन्डलाई विश्वासमा लिने र मिलाउनुपर्ने बाध्यतामा उनीहरू छन् । प्रकाशमान सिंह, डा. रामशरण महत, असन्तुष्ट युवा नेताहरूलाई कसरी मिलाएर लैजाने भन्ने चुनौतीपूर्ण छ । पहिले आफ्नै गुटमा रहे पनि १३औँ महाधिवेशनबाट देउवातिर सरेका अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, चन्द्र भण्डारी, फरमुल्लाह मन्सुरजस्ता नेतालाई पनि आफ्नो पक्षमा ल्याउनुपर्ने अवस्था छ |पछिल्लो केही दिनयता पौडेल, प्रकाशमान, सिटौला र केसीसहितका नेताहरू संवादमा छन् । यी नेताहरूले कोइरालाविरुद्ध अर्को समूह खडा गर्दा उनीहरूलाई थप असहजता हुनेछ । नेतृत्वमै दाबी गर्न पहिलो तीनमध्ये एकमा सहमति गर्न र दोस्रो देउवालाई टक्कर दिने गरी उपगुटलाई विश्वासमा लिन पनि कोइरालाहरूलाई सहज छैन १३औँ महाधिवेशनमा सभापतिमा लडेर नेता पौडेल पराजित भएका थिए । अब नेतृत्वकै लागि पौडेलले दाबी गर्ने विषय बाहिर आएको छैन । तर, नेता प्रकाशमान सिंहले कोइरालानिकटबाहेकका नेताको छुट्टै गुट बनाउने सम्भावना पनि उत्तिकै रहेको चर्चा कांग्रेसमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया