संखुवासभाको मकालुमा नेकपाका तेजबहादुर निर्वाचित

काठमाडौं । संखुवासभाको मकालुमा गाँउपालिकाको अध्यक्ष पदमा नेकपाका तेजबहादुर पोखरेल निर्वाचित हुनुभएको छ ।

पोखरेलले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमल पराजुलीलाई ८०२ को मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो ।

पोखरेलले ३ हजार १८ मत ल्याउँदा । पराजुलीले २ हजार २ सय १६ मत ल्याउनु भएको थियो । त्यस्तै, समाजवादी उमेदवार नुर्बु शेर्पाले मत ३३२ प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?