चितवनको खैरहनी नगरपालिकाका ४ र ५ वडामा कांग्रेस निर्वाचित

काठमाडौं । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ ।

यहाँ वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाउनुभयो । यहाँ २ हजार १ सय ७२ मत खसेको थियो ।

यसैगरी वडा नम्बर ५ को अध्यक्ष प्रतिमा बस्नेतले ८६ मत अन्तरले निर्वाचित हुँनुभएको छ। कांग्रेस उम्मेदवार प्रतिमाले ८४२ र नेकपाको पुननारायण प्रधानले ७५६ मत पाएका छन् ।

खैरहनी नगरपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा १ हजार ६ सय ७० मत खसेको थियो ।

खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का दुवै निर्वाचनमा यसअघि पनि कांग्रेस निर्वाचित भएका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?