महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि….

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ ।
सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ ।
ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् ।
संसदको तल्लो सदनको छलफलका क्रममा उनलाई बुधबार गोडसेलाई देशभक्त भनेकी थिइन् ।राजधानी दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?