संयुक्त बाम गठबन्धनद्वारा मलङ्गवा नगर प्रमुखलाई ज्ञापनपत्र

  • एसपी यादव

सर्लाही पुस ३० – संयुक्त बाम गठबंधनले आइतबार मलङ्गवा नगरपालिकाका मेयर निरसल साहलाई ज्ञापनपत्र बुझाएका छन् ज्ञापनपत्रमा खासगरी बाम गठबन्धनको तर्फबाट मलङ्ग्वा नगरपालिकाको आ. व. ०७४/०७५ का लागि प्रस्तावित बिकासका कार्यक्रम रहेको छ स्थानीय स्तरमा रहेका सडकको मापदण्ड बिस्तारको नाउँमा अनावश्यक रुपले नगर प्रमुख र प्राविधिकले आफू खुसी मापदण्ड तोक्न नहुने भन्दै स्थानीय जनताको सल्लाह र निर्वाचित जनप्रतिनिधिले भने अनुसार मात्र सडकको मापदण्ड तोकिनु पर्ने र त्यो पनि कानुन बमोजिम श्रेणी तहमा हुनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ नगरका स्थानीय जनताहरुले अहिले चर्को कर सरकारलाई बुझाउनु परेकोले करमा सबैको पहुँच हुने गरि करमा न्यूनीकरण गर्नुपर्ने कुरा समेत उल्लेख गरिएको छ बाम गठबन्धनको तर्फबाट पेश गरिएका प्रस्तावित बिकासका कार्यक्रमहरु केही दिन भित्रै हुन लागेको मलङ्ग्वा नगरपालिकाको नगर सभामा यी कार्यक्रमहरु समाहित हुनुपर्ने नेकपा एमालेका सर्लाही क्षेत्र नं. २ का निर्वाचन संयोजक देबेन्द्र राय र नेकपा माओवादी केन्द्रका समसुल हक मिकरानीले नगर प्रमुखसंग माग गरेका छन् गठबन्धनको ज्ञापनपत्र बुझाउने कार्यक्रममा गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?