विद्यार्थी बेहोस हुँदा दैनिक पढाइ प्रभावित

जाजरकोट, २९ पुस-यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक छदेखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताउनुभयो । प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन्  एक हप्तादेखि दैनिक बिरामी हुँदा कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले बताउनुभयो । अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उहाँको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको एकदेखि दुई घण्टापछि सामान्य अवस्थामा आउने शाहीले बताउनुभयो घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर कार्कीले बताउनुभयो भूतप्रेतकै कारण विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेको उहाँको भनाइ छ । विद्यालयमा भूतप्रेतको पूजा गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो पूजा नगरे बालबालिकाको ज्यान जाने खतरा बढेको उहाँले बताउनुभयो । दैनिक विद्यार्थी बेहोस हुने समस्या बढ्दै गएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षणसमेत गराएको प्रअ शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?