दुर्घटनामा एकको मृत्यु, चार घाइते

धादिङ, २९ पुस । त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडाँैतर्फ आउँदै गरेको बा १६ च ८७७३ नंको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै मृत्यु भएको हो सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छिन् घाइतेको धार्के्स्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८ सय फिट तल खोलामा खसेर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?